INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१२ का २३ वर्षीय राकेशकुमार यादवलाई इलाका प्रहरी कार्यालय लहानले पुस २२ गते गिरफ्तार गरेको छ ।

बालिकालाई पुस २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले पुस २२ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिए ।

घटनाको जानकारी हुनासाथ आरोपित यादवलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडी बढाइएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा पुस २१ गते भएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो