INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा नौ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले मेचीनगर नगरपालिका–१२ का ४० वर्षीय युवराज बराईलीलाई पुस २३ गते नौ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायधीश नारायणप्रसाद पराजुलीको इजलासले कैद सजायको फैसला गरेको अदालतका श्रेस्तेदार दुर्गाप्रसाद खनालले बताउनुभयो ।

आरोपितले ०७६ असोज २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्घ घटना भएकै दिन इलाका प्रहरी कार्यालय धुलावारीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतको कात्तिक १४ को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा रहेका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा असोज २४ गते गरिएको थियो ।

 

अन्य

भिडियो