६५ वर्षीया सासु खगिसरा सुनारलाई आत्महत्या गर्न दुरुत्साहन गरेको कसुरमा नौमूले गाउँपालिका–५ नौलाथरकी २९ वर्षीया मनसरा सुनारलाई जिल्ला अदालत, दैलेखले १० महिना कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको पुस १८ गतेको इजलासबाट सो फैसला भएको दैलेख जिल्ला अदालतका सुचना अधिकारी बिनोद आचार्यले जानकारी दिनुभयो ।
सासु–बुहारीको सामान्य विवादपछि खगिसराले ०७५ फागुन १३ गते झुण्डिएर आत्महत्या गरेपछि मनसराका पति ३१ वर्षीय कविराम सुनारले फागुन ३० गते जिल्ला प्रहरी कार्यालय, दैलेखमा दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई चैत १ गते गिरफ्तार गरेको थियो ।
शव पोष्टमार्टम फागुन १४ गते जिल्ला अस्पताल, दैलेखमा भएको थियो ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि