INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सात वर्ष कैद फैसला

२४ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा आठबीस नपा–५ तिलेपाटाका २२ वर्षीय आदर्श शाहीलाई जिल्ला अदालत, दैलेखले पुस १५ गते सात वर्ष कैद र पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले सो फैसला गरेको अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिनुभयो ।
पीडित युवतीलाई आरोपितले ०७६ वैशाख २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो ।
उजुरीपछि आरोपितलाई प्रहरीले वैशाख २६ गते नै गिरफ्तार गरेको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण वैशाख २६ गते जिल्ला अस्पताल दैलेखमा भएको थियो ।

 

अन्य

भिडियो