१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा नपा–९ का राकेश कुमार कामतीलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पुस ६ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षका अनुसार आरोपितले बालिकालाई पुस ६ गते बलात्कार गरेको आरोपमा सोहि दिन जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी हालेको बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा पुस ६ गते भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराका अनुसार आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडी बढाएको बताउनु भयो ।