२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कर्जन्हा नपा–३ का २० वर्षीय दिपेन्द्रकुमार ठाकूरलाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले मङ्सिर २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा मङ्सिर २८ गते उजुरी दिएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा मङ्सिर २८ गते गरिएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलालप्रसाद जैसवालका अनुसार आरोपितलाई गिरफ्तार गरी अनुसन्धानको लागि मङ्सिर २९ गते म्याद थप गरिएको छ ।