१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका विर्तामोड नपा–२ का गङ्गाप्रसाद ढकाललाई जिल्ला अदालतले मङ्सिर २५ गते ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश प्रमेश पोखरेलको इजलासले आशिंक अभियोग दावी पुग्ने भन्दै कसुर गरेको ठहर गर्दै ५ हजार रुपियाँ जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ ।
पीडित बालिकालाई ढकालले गत साउन २० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित आफैँले ०७६ साउन २१ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी गरिन् ।
ढकाललाई सोही दिन प्रहरीले गिरफ्तार गरेर मुद्दा चलाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २१ गते मेची अञ्चल अस्पताल भद्रपुरमा गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत झापाको ०७६ भदौ १२ गतेका आदेशले आरोपितलाई २ लाख रुपियाँ धरौटीमा तारेखमा छाडिएको थियो ।