६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका–९ का ८० वर्षीय ज्येष्ठ नागरिकलाई जिल्ला अदालतले दोषी ठहर गरेको छ ।
नाताले नातीनी पर्ने बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा मङ्सिर ५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दर्ता भएको थियो ।
आरोपितलाई ३ वर्ष ६ महिना कैद सजाय तोकिएको जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले बताउनुभयो । मङ्सिर ४ गते भएको घटनामा आरोपितलाई मङ्सिर ५ गते गिरफ्तार गरी मुद्दा चलाइएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ५ गते नै भरतपुर अस्पतालमा गरिएको थियो ।
न्यायाधीश प्रकाश अधिकारीको इजलासले सो मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने वा नपठाउने बारेको बहस (थुनछेक बहस) कै दिन आरोपितलाई दोषी करार गरी कैद सजाय तोकेको हो ।
आरोपितको तर्फबाट बहस गर्न कोही पनि नभएको र अपराध समेत स्वीकार गरेकाले एकैचोटी फैसला भएको अदालतले जनाएको छ ।