INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैदको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार भएका १४ वर्षीय एक बालकलाई दैलेख जिल्ला अदालतले ६ महिना कैद तोकेर सजाय स्थगन गरेको छ ।

न्यायाधीश दण्डपाणी लामिछानेको मङ्सिर २४ गतेको इजलासले बालिकालाई १० हजार रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने र ६ महिना बालसुधार गृहमा राख्नपर्ने भनी सजाय सुनाएको जिल्ला अदालत, दैलेखका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिनुभयो ।

बालबिज्याँइको घटनाका कसुरदारलाई पढ्दै गरेको वा सुध्रन सक्ने स्थितिमा सुध्रने मौका दिने बालन्याय कार्यविधि २०६४ को व्यवस्था अनुसार १० कक्षामा पढ्दै गरेको कारण बाल सुधार गृहमा पठाउनुपर्ने तर सुध्रे वा नसुध्रेको निगरानी राख्ने गरी फैसला भएको आचार्यले बताउनुभयो ।

पीडित बालिकालाई कसुर तोकिएका बालकले ०७६ वैशाख १४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख २० गते जिल्ला प्रहरी कार्यालय, दैलेखमा उजुरी दिएको थियो ।

घटनाका पीडित बालिकाको उजुरी एक हप्ता ढिला आएको भन्दै पीडितको स्वास्थ्य परीक्षण गरिएको थिएन ।

अन्य

भिडियो