INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १८ वर्ष ६ महिना कैदको फैसला

१५ वर्षीया बालिकालाई शरीर बन्धक बनाई बलात्कार गरेको कसुरमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका–४, शिबचोक घर भइ ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–३, बोझेपोखरी बस्ने २४ वर्षीय उत्सव गुप्तालाई जिल्ला अदालत ललितपुरको इजलासले मङ्सिर २० गते १८ वर्ष ६ महिना कैद र १ लाख २५ हजार रुपियाँ जरिबानाको सजाय गर्ने फैसला गरेको छ ।

पीडित बालिकालाई २५ हजार रुपियाँ क्षतिपुर्ति समेत दिने गरी फैसला गरेको अदालतले जनाएको छ । गत वैशाख ८ गते घर नजिकै बाटोमा हिँडिरहेको अवस्थामा अपहरण गरी मोटर साइकलमा राखेर जनकपुर, जलेश्वर, इटहरीलगायतका जिल्लाहरूमा लगेर बलात्कार गरेको आरोपमा न्यायाधीश चुरामन खड्काको इजलासले कसुर ठहर गर्दैे उक्त फैसला सुनाएको जिल्ला अदालत ललितपुरका श्रेष्तेदार नगेन्द्रकुमार कालाखेतीले बताउनु भयो ।

गुप्ताविरूद्ध ०७६ वैशाख १३ अपहरण, शरीर बन्धक तथा बलात्कार आरोपमा पीडितकी आमाले महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिनु भएको थियो ।

प्रहरीले आरोपितलाई ०७६ जेठ ६ गते गिरफ्तार गरेको थियो भने पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १३ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको थियो ।

आरोपितविरूद्ध प्रहरीले जेठ २९ गते जिल्ला अदालत ललितपुरमा जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।

अन्य

भिडियो