बोलाइसम्बन्धी अपाङ्गता भएकी १८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका हल्दीबारी गाउँपालिका–३ का ४७ वर्षीय लक्ष्मण तामाङ वाइवालाई जिल्ला अदालत झापाले मङ्सिर २० गते चार वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले दावी पुग्ने ठहर गदै उक्त फैसला गरेको हो । पीडित युवतीलाई आरोपितले गत असार १४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितका बाबुले असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
आरोपितलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण ०७६ असार १७ गते मेची अञ्चल अस्पताल भद्रपुरमा गरिएको थियो ।
आरोपितलाई ०७६ साउन ३ गते झापा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ ।