१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले माडी नगरपालिका ६ बसन्तचोकका २४ वर्षीय कृष्ण भन्ने यम प्रसाद सापकोटालाई नौ वर्ष कैद फैसला गरेको छ ।
न्यायाधीश विनोदकुमार गौतमको इजलासले मङ्सिर १९ गते उक्त फैसला गरेको चितवन अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले जानकारी दिनुभयो ।
पीडित बालिकालाई आरोपितले गत साउन ११ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन मौखिक र साउन १२ गते गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको थियो ।
प्रहरीले आरोपितलाई साउन ११ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १२ गते भरतपुर अस्पतालमा गरिएको थियो ।