INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाली कांग्रेसका कार्यकर्ताद्वारा नेकपाका कार्यकर्तामाथि हातपात

खार्पुनाथ गाउँपालिका–४ छिप्रामा मङ्सिर १४ गते उपनिर्वाचनका दिन मतदान गर्ने क्रममा नेपाली कांग्रेसका कार्यकर्ताद्वारा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता सोही गाउँपालिका–४ लेख गाउँका ३२ वर्षीय जर्नेल जेठारालाई कुटपिट गरेको नेकपाको आरोप रहेको छ ।

बिहान साढे नौ बजेको समयमा एक जना मतदाताले मत हाल्न नजानेपछि सहयोग गर्न खोज्दा आपूmमाथि नेपाली कांग्रेसका कार्यकर्ताद्वारा कुटपिट भएको जेठाराको भनाइ छ ।

घटनाका बारेमा नेपाली कांग्रेसका तर्फबाट भने कुनै प्रतिक्रिया आएन । घटनापछि सो मतदान केन्द्रमा करिब ३० मिनेट मतदान प्रक्रिया रोकिएको थियो । घटनाका बारेमा प्रहरीमा उजुरी नआएको जिल्ला प्रहरी कार्यालय, हुम्लाले जनाएको छ ।

अन्य

भिडियो