INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाली कांग्रेसका कार्यकर्ताद्वारा नेकपाका नेताको घरमा ढुङ्गा प्रहार

खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा नेपाली कांग्रेसका कार्यकर्ताले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताको घरमा ढुङ्गा प्रहार गरेको नेकपाको आरोप रहेको छ ।

मङ्सिर १४ गते उपनिर्वाचनमा मतदान गरिसकेपछि नेपाली कांग्रेसका कार्यकर्ताले मङ्सिर १५ गते बिहान नेकपाका नेता ६८ वर्षीय जितबहादुर शाहीको घरमा ढुङ्गामुढा गरेको सो पार्टीको खार्पुनाथ गाउँ समिति अध्यक्ष प्रकाश शाहीले जानकारी दिनुभयो ।

निर्वाचनको विवादको विषयलाई लिएर शाहीको घरमा ढुङ्गामुढा गरेको भएता पनि कुनै क्षति नभएको  अध्यक्ष शाहीले बताउनुभयो ।

नेपाली कांग्रेसका जिल्ला सचिव मोहनविक्रम सिंहले भने नेकपाका कार्यकर्ताले पनि कांग्रेसका कार्यकर्तामाथि हातपात गरेका कारण सो घटना भएको बताउनुभयो ।

घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय, हुम्लाका डिएसपी रामप्रसाद घर्तीमगरले दुवै पक्ष बीचको विवाद सामान्य भएको बताउँदै घटनाका सम्बन्धमा कुनै पक्षबाट पनि उजुरी नआएको जानकारी दिनुभयो । सो झडपका कारण हुम्लाको मतगणना केही समय रोकिएको थियो ।

अन्य

भिडियो