१६ वर्षीया बालिकालाई मङ्सिर ४ गते होटेलमा आउने ग्राहकसँग जबरजस्ती यौन कार्य गर्न लगाएको आरोपमा प्रहरीले गोदावरी नपा—२ अत्तरियास्थित राजु होटेलकी सञ्चालिका ३६ वर्षीया गौरादेवी रानालाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ ।
आर्थिक अवस्था कमजोर रहेकी पीडित बालिकालाई होटेलमा काम लगाइदिने भनी ल्याएर जबरजस्ती यौन कार्यमा लगाएको भन्दै पीडित बालिकाले प्रहरीमा खबर गरेपछि इलाका प्रहरी कार्यलय, मालाखेतीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो ।
आरोपितलाई मानव बेचबिखन र ओसार पसारको मुद्दा दर्ता गरी अनुसन्धान थालिएको डिएसपी बस्नेतले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण सेती प्रादेशिक अस्पताल, धनगढीमा मङ्सिर ५ गते गरिएको छ ।