INSEC Online

📅 २०८३ जेष्ठ २१

अपरिचति व्यक्तिको आक्रमणमा परी घाइते महिलाको उपचार हुँदै

षडानन्द नगरपालिका–८ सेमेङमाकी ३० वर्षीया वीणा तामाङलाई अपरिचित व्यक्तिले आक्रमण गरी  स्तन काटिदिएको पीडित पक्षको आरोप छ ।

खोलामा कपडा धुन गएकी पीडित महिलालाई मङ्सिर ४ गते अपरिचित व्यक्तिले स्तन काटिदिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले बताउनुभयो ।

घाइते महिलालाई अचेत अवस्थामा देखेपछि स्थानीयले पति सुब्बा तामाङलाई खबर गरेका थिए । अचेत अवस्थामा नै पीडित महिलाको उद्धार गरी स्वास्थ्य चौकी दिङ्गला पुर्‍याइएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा लगेर उपचार भइरहेको वडाध्यक्ष छत्रबहादुर तामाङले बताउनुभयो ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दिङ्गलाका इन्स्पेक्टर अमतलाल माझीको कमाण्डमा टोली घटनास्थलतर्फ गएको छ । घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो