INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षकबाट कुटपिट गरिएका विद्यार्थीद्वारा प्रहरीमा उजुरी

पाणिनी गाउँपालिका–८ स्थित कमला माविमा कक्षा १० मा अध्यानरत १५ वर्षीय विद्यार्थी सागर नेपालीलाई अनुशासन बाहिर गएको आरोपमा कुटपिट गरेको भन्दै सोही विद्यालयका प्रधानाध्यापक ५१ वर्षीय गोविन्दराज पन्थीविरूद्ध पीडित पक्षले मङ्सिर २ गते पालिक प्रहरी चौकीमा उजुरी दिएका छन् ।

पीडित बालकलाई आरोपित शिक्षकले मङ्सिर १ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

‘ खानेपानीको टुटी फुटाएको हो ? भनी सरले सोध्नुभएको थियो । मैले होइन भन्दाभन्दै लठीले कुटपिट गर्नुभयो ।’–पीडित सागरले भने ।

कुटपिटबाट पीडित बालकको दाहिने हातको पाखुरा र गोडामा डाम रहेका छन् । आफूलाई बिना कारण विद्यालयका प्रधानाध्यापक गोविन्दराज पन्थीले कुटपिट गरको पीडित बालककाले आरोप लगाए । प्रअ पन्थीले विद्यालयमा अनुशासनहीन काम गरेकोले सचेत गराउन समान्य कुटपिट गरेको बताए ।

अन्य

भिडियो