१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा ग्रामथान गाँउपालिका–४ का ३८ वर्षीय राजु खड्कालाई अदालतले कात्तिक २६ गते एक वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले कैद सजायसँगै पीडितले पाउने गरी १० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको अदालतका सूचना अधिकारी युवराज पौडेलले बताए ।
पीडित बालिकालाई खड्काले गत जेठ १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जेठ ४ गते इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले जेठ ५ गते गिरफ्तार गरी कानुनी कारवाही अघि बढाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा जेठ ४ गते गरिएको थियो ।