१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बर्दिया जिल्ला घर भई गाडीको सहचालकको रूपमा काम गर्ने २३ वर्षीय राजकुमार यादवलाई कात्तिक २७ गते खाँडाचक्र नपा–२ जितेबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक २६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले कात्तिक २७ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी श्यामबाबु ओलियाले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २७ गते जिल्ला अस्पताल, कालिकोटमा गरिएको प्रहरीले जनाएको छ ।
निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता गिरफ्तार
सिंहदरबारको दक्षिण गेटअगाडि निषेधित क्षेत्रमा मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने