१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका धादिङ जिल्ला धुनिबेसी नगरपालिका नौबिसे घर भई गोदावरी नगरपालिका–१४ ठैब चोक बस्ने २० वर्षीय विजय तामाङलाई जिल्ला अदालतले कात्तिक १७ गते १० वर्ष कैद सजाय र ५० हजार रुपियाँ जरिबाना असुल गर्ने फैसला गरेको छ ।
न्यायाधीश शिवबहादुर रानाभाटको इजलासले कसुर ठहर गर्दैे उक्त फैसला सुनाएको जिल्ला अदालत ललितपुरका श्रेष्तेदार नगेन्द्रकुमार कालाखेतीले बताए ।
पीडित बालिकालाई आरोपितले ०७५ पुस २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७६ असार ५ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो ।
प्रहरीले आरोपितलाई असार ५ गते प्रहरीले गिरप्mतार गरेको थियो भने पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ५ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको थियो ।