INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँमै गएर अनुदान वितरण गर्न पुननिर्माण प्राधिकरणको निर्देशन 

अति दुर्गम चार गाविसका भूकम्प पीडितहरूलाई गाउँमै गएर अनुदान वितरण गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणले जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गालाई परिपत्र गरेको छ ।

गाउँमा अनुदान वितरण गर्न बैङ्कहरूले असुरक्षा हुने भनेपछि एक नगरपालिका र ४६ गाविसमा भने सदरमुकामबाटै अनुदान वितरण भइसकेको छ । ओखलढुङ्गाका गाम्नाङटार, पोकली, टारकेराबारी र रगनीका भूकम्प पीडितहरूलाई शिविर आयोजना गरि अनुदान वितरण गरिने तयारी गरिएको प्रजिअ अधिकारीले एकदेव अधिकारीले बताए । अनुदान निकासा गरिएका १७ हजार ३ लाभग्राहीमध्ये रगनीका ७ सय ५५, पोकलीका ४ सय ९२, गाम्नागङ्टारका ५ सय ४४ र टारकेराबारीका ४ सय ३१ परिवारले अनुदान पाएका छैनन् । कतिपयले सदरमुकाम नै गएर अनुदान लिए पनि गाउँमै शिविर आउने हल्ला चलेपछि पीडितहरू अनुदान लिन सदरमुकाम आएका थिएनन् । अनुदान लिन आएकाहरूलाई समेत दलका नेता र गाविस सचिवले ‘गाउँमै आउँछ’ भन्दै फर्काएका थिए ।

गाउँमै शिविर सञ्चालन गरेर अनुदान वितरण गर्न सांसदहरूले समेत माग गरेपछि जिल्ला दैवी प्रकोप उद्दार समितिले पुननिर्माण प्राधिकरणलाई सोको व्यवस्था गरिदिन माग गरेको दुई महिनापछि प्राधिकरणले परिपत्र गरेको हो ।

अन्य

भिडियो