नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीकी काभ्रे जिल्ला सेक्रेटरी ३२ वर्षीया सुन्तली थोकरलाई प्रहरीले कात्तिक ७ गते गिरफ्तार गरेको छ ।
थोकरलाई पनौती नपा–९ शङ्खुमा रहेको उनकै घरबाट रातको करिब १२ बजे जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले गिरफ्तार गरेको उक्त कार्यालयका डिएसपी दिपक गिरीले बताए ।
थोकरले ०७५ चैत १० गते काभ्रेको भुम्लु गाउँपालिका–५ सल्लेडाँडामा रहेको एनसेलको बिटिएस टावरमा आगजनी गरेको अनुसन्धानबाट खुल्न आएको डिएसपी गिरीले बताए ।
लुम्बिनी प्रदेशमा १० वटा मानव अधिकारमैत्री कानुन निर्माण
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना भएदेखि हालसम्म मानव अधिकार संरक्षण,