INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको आरोपमा कसुर हुने ठहर

१२ वर्षीया बालिकालाई बालविवाह, शरीर बन्धक तथा बलात्कार गरेको आरोपमा पूर्पक्षमा रहेका हिलिहाङ गाउँपालिका–७ का २३ वर्षीय चक्र तामाङविरुद्ध अदालतले असोज ७ गते कसुर हुने ठहर गरेको छ ।

न्यायाधीश मोहनराज भट्टराईको इजलासले कसुर ठहर हुने फैसला गरेको अदालतका सूचना अधिकारी याम चौहानले बताए । मुद्दाको सजाय निर्धारणका लागि पुनः पेश गर्न समेत आदेश भएको छ ।

मुलुकी अपराध संहिता ऐन २०७४ लागू भएपछि तीन वर्षभन्दा बढी कैद हुने मुद्दामा सजाय निर्धारणका लागि पुनः पेश गर्नु पर्ने व्यवस्था छ ।

पीडित बालिकालाई आरोपितले ०७६ वैशाख २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

उजुरी लगत्तै गिरफ्तारीमा परेका आरोपित अदालतको जेठ १९ को आदेशमा पुर्पक्षका लागि थुनामा थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २५ गते गरिएको थियो ।

अन्य

भिडियो