२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पूर्पक्षमा रहेका मिक्लाजुङ गाउँपालिका–३ का २९ वर्षीय प्रकाश फियाकविरूद्ध असोज ७ गते जिल्ला अदालतले कसुर ठहर हुने फैसला गरेको छ ।
न्यायाधीश मोहनराज भट्टराईको इजलासले कसुर ठहर हुने फैसला गरेको अदालतका सूचना अधिकारी याम चौहानले बताए ।
मुद्दाको सजाय निर्धारणका लागि पुनः पेश गर्न समेत फैसलामा उल्लेख गरिएको छ । मुलुकी अपराध संहिता ऐन लागू भएपछि तीन वर्षभन्दा बढी कैद हुने मुद्दामा सजाय निर्धारणका लागि पुनः पेश गर्नु पर्ने व्यवस्था छ ।
०७६ जेठ २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएलगत्तै गिरफ्तार गरी प्रहरीले कानुनी कारवाही अघि बढाएको थियो ।
अदालतको भदौ १२ को आदेशमा आरोपित पुर्पक्षका लागि कारागारमा थिए । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २९ गते गरिएको थियो ।