INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

बोलाई सम्बन्धी अपाङ्गता भएकी ३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका शिवसताक्षी नगरपालिका–६, फर्साडाँगीका ४३ वर्षीय डम्बरबहादुर तामाङलाई जिल्ला अदालतले असोज ७ गते आठ वर्ष कैदको सजाय सुनाएको छ ।

न्यायाधीश नारायणप्रसाद पराजुलीको इजलासले तामाङले कसुर गरेको ठहर गर्दै कैद सजाय र पीडितले पाउने गरी ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

पीडित महिलालाई आरोपितले ०७५ चैत ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्घ चैत १७ गते इलका प्रहरी कार्यालय झिलझिलेमा उजुरी दिएको थियो ।

उजुरी लगत्तै आरोपितलाई प्रहरीले गिरफ्तार गरी कानुनी कारवाही अघि बढाएकोमा जिल्ला अदालतको ०७६ वैशाख १० को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा रहेका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा चैत १६ गते गरिएको थियो ।

अन्य

भिडियो