INSEC Online

📅 २०८३ जेष्ठ २२

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

दुल्लू नपा-३ नेपाकी १९ वर्षीया भगवती कामीको हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति बहादुरे कामीलाई भदौ २५ गते घरबाटै गिरफ्तार गरेको छ ।

भगवतीलाई आरोपितले भदौ २४ गते कुटपिट गर्ने क्रममा मृत्यू भएको भन्दै भदौ २५ गते पीडित पक्षले दिएको उजुरीका आधारमा उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, दैलेखका इन्सपेक्टर प्रेमबहादुर क्षेत्रीले जानकारी दिए ।

घरायसी विवादका क्रममा धकेलाधकेल भएपछि भगवती भुईँमा ढल्दा चोट लागेकोमा दुल्लू अस्पतालमा पर्‍याएर उपचार गराउने क्रममा सोही राति मृत्यू भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र आरोपितलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर क्षेत्रीले बताए ।

शवको पोष्टमार्टम भदौ २५ गते दुल्लु अस्पतालमा भएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो