INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका-३ कपर्तका २७ वर्षीय रोशन चन्दलाई भदौ २४ गते गिरफ्तार गरेको छ ।

मेलौली नगरपालिकाका निवर्तमान इन्जिनियरसमेत रहेका चन्दले ओभरसियर पढ्दै गरेकी युवतीलाई ललाई-फाकाई  भदौ २३ गते डडेल्धुराको एक होटलमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २४ गते जिल्ला प्रहरी कार्यालय, बैतडीमा निवेदन दिएपछि आरोपित चन्दलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर किशन चन्दले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण भदौ २३ गते जिल्ला अस्पताल, बैतडीमा गरिएको इन्स्पेक्टर चन्दले बताए ।

अन्य

भिडियो