१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कल्याणपुर नपा–६ का २२ वर्षीय मोहमद भदौ ११ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा भदौ ११ गते उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ ११ गते गरिएको थियो ।
आरोपितलाई गिरफ्तार गरी कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराले बताए ।