INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कर्जन्हा नपा–८ का १९ वर्षीय अनिल राउतलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले भदौ ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा भदौ २ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ २ गते गरिएको थियो ।

इलका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालका अनुसार आरोपितलाई गिरफ्तार गरी कारवाही प्रक्रिया अगाडि बढाएको बताए ।

अन्य

भिडियो