गोरखा नगरपालिका–९ लक्ष्मिबजारकी २० वर्षीया पुजा परियारलाई घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय पति याकुव परियारलाई साउन ३२ गते गिरफ्तार गरेको छ ।
साउन ३२ गते राति १० बजे पुजाको हत्या गरेको आरोपमा याकुवलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी ओम अधिकारीले बताए ।