१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गोलबजार नपा-३ का २२ वर्षीय गोपाल बाग्लेलाई साउन १९ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले साउन १८ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा साउन १९ गते उजुरी दिएको बताए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन १९ गते गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको बताए ।