INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी बृद्धको हत्या

बुद्धभूमि नगरपालिका-४ का ६५ वर्षीय गङ्गाराम थारूलाई अज्ञात पक्षले साउन ८ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार गाईभैँसी चराउन गएका बृद्ध राति अबेरसम्म घर नफर्किएपछि गाँउलेहरूले खोज्दै जाँदा हत्या गरिएको अवस्थामा गोठ नजिकै शव भेट्टिएको थियो । पीडित पक्षले साउन ९ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

घटना कसले र किन गर्‍यो/गरायो भन्ने विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका इन्स्पेक्टर सुभाष खड्काले बताए । शवको पोष्टमार्टम जिल्ला अस्पताल तौलिहवामा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो