INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा विद्यालय तोडफोड, पठनपाठन प्रभावित

अज्ञात पक्षद्वारा विद्यालय तोडफोड गरी विद्यालयमा रहेका कम्प्युटरहरू लगेपछि खार्पुनाथ गाउँपालिका–५ मा रहेको मानधारा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको कम्प्युटर कक्षा प्रभावित भएको छ ।

१ सय ५० विद्यार्थी अध्ययनरत सो विद्यालयमा असार १४ गते अज्ञात पक्षले तोडफोड गरेको थियो ।

सदरमुकाम सिमकोटबाट आठ कोश टाढा रहेको सो विद्यालयमा अज्ञात पक्षले तोडफोड गर्नुका साथै विद्यार्थीले पढ्ने कम्प्युटर लगेपछि पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले बताए ।

विद्यालयको ढोका, झ्याल, टेबुल, बेञ्चसमेत तोडफोड गर्नुका साथै विद्यालयमा रहेका पाँचओटा कम्प्युटर लगेपछि विद्यार्थीलाई बसेर पढ्न समेत समस्या भएको प्रधानाध्यापक शाहीले बताए ।

विद्यालयको कम्प्युटर लगेपछि अर्धवार्षिक र वार्षिक परीक्षामा कम्प्युटर विषयको परीक्षा दिनलाई समस्या हुने प्रधानाध्यापक शाहीको भनाई छ ।

गाउँबाट टाढा रहेको विद्यालयमा भएको घटनाका बारेमा स्थानीय याङचु प्रहरी चौकीलाई जानकारी घटना लगत्तै जानकारी गराए पनि हालसम्म संलग्न पक्षका बारेमा पत्ता लाग्न नसकेको चौकीका असई झकबहादुर धामीले बताए  ।

अन्य

भिडियो