६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय बाजुराले बडिमालिका नगरपालिका–९ का १९ वर्षीय विक्रम विष्टलाई असार ३० गते गिरफ्तार गरेको छ ।
२९ गते दिउसो घरका अभिभावक खेतमा काम गर्न गएको समयमा पीडित बालिका घरमा एक्लै भएको समय पारेर आरोपितले बलात्कार गरेको पीडित बालिकाका अभिभावकले बताएका छन् ।
आरोपितलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उद्धवसिंह भाटले जानकारी दिएका छन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २९ गते बाजुरा जिल्ला स्वास्थ्य कार्यलयमा गरिएको छ ।