४९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा फाल्गुनन्द गाउँपालिका–२ का २८ वर्षीय देवि भन्ने देवेन्द्र सिवालाई जिल्ला अदालतले असार १८ गते ४ वर्ष ३ महिना कैदको फैसला गरेको छ ।
न्यायधीश मनोज केसीको इजलासले सो फैसला गरेको हो । फैसलामा कसुरदारबाट पीडितले पाउने गरी ३० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको छ ।
०७५ कात्तिक १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्घ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी कानुनी कारवाही अघि बढाएको थियो ।
अदालतको ०७५ मङ्सिर १७ को आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक १८ गते गरिएको थियो ।