INSEC Online

📅 २०८३ जेष्ठ २१

बृद्ध ससुराको हत्या गरेको आरोपमा बुहारी गिरफ्तार

सहिद लखन गाउपालिका-७ वुङ्कोट चारघरे बस्ने ८२ वर्षीय बलबहादुर रानाको हत्या गरेको आरोपमा ५२ वर्षीया बुहारी गोरी रानालाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ ।

आरोपित गोरीले असार १६ गते खुर्पा प्रहार गर्दा बृद्ध ससुराको मृत्यु भएको भनी स्थानीयले दिएको जानकारीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, गोरखाका एसपी भोला रावलले जानकारी दिए ।

शवको पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो