गोरखा नगरपालिका–११ सेन्त जोसेफ वोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्ने १० वर्षीय बालक श्रीयन्स श्रेष्ठलाई सोही विद्यालयकी विज्ञान शिक्षिका मनिषा मगरले असार ९ गते कुटपिट गरेको आरोपमा पीडित पक्षले असार ९ गते प्रहरीमा उजुरी दिएको छ ।
‘पुस्तक बिचमा परेछ मिसले सोध्दा भेटिनँ । पछि भेटेर देखाएँ ।’–श्रीयन्सले भने–‘झुट बोल्छस भन्दै ढाडमा पिट्नु भयो ।’
उनको हात र ढाडमा निलडाम प्रष्ट देखिन्छ । सामान्य गल्तीमा कुटपिट भएको भन्दै पीडित बालककी आमा सृजना श्रेष्ठसहितका स्थानीय असार नौ गते जिल्ला प्रहरी कार्यालय आएर उजुरी दिएका हुन् ।
घटनाकोबारे अध्ययन भइरहेको बैठक बसेर उचित निर्णय लिने उक्त बोर्डिङका सहायक प्रेन्सिपल फादर सुनिलले बताए ।
पीडित पक्षले दिएको उजुरीका आधारमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी भोला रावलले बताए । बालकको स्थायी घर गोरखा नगरपालिका–१० छेवेटार हो ।