INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १४ वर्ष कैदको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुका ५६ वर्षीय शतीकुमार राईलाई जिल्ला अदालतले असार ५ गते १४ वर्ष कैदको सजाय सुनाएको छ ।

न्यायाधीश हरीश्चन्द्र इङ्गनामको इजालसले १४ वर्ष कैद र ३५ हजार रुपियाँ पीडितले पाउने गरी क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

पीडित बालिकालाई राईले ०७५ फागुन २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध प्रहरीमा फागुन २८ गते उजुरी दिएको थियो । आरोपितलाई उजुरी लगत्तै प्रहरीले गिरफ्तार गरी कानूनी कारवाही अघि बढाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २८ गते गरिएको थियो ।

अन्य

भिडियो