INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा मुद्दा दर्ता

महदेवा गाविस-७ की ४० वर्षीया बुधनीदेवी सुतिहारलाई उनका जेठाजु ५८ वर्षीय सिताराम सुतिहार, जेठानी दिदी ४० वर्षीया शान्तिदेवी सुतिहार र भतिजा १८ वर्षीय रामदेव सुतिहारले कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले कात्तिक १८ गते उजुरी दर्ता गरेको छ ।

आरोपितकी छोरी रामवती सुतिहारलाई बिरामी बनाएको दोषारोपण लगाउँदै पीडितको स्तनमा जेठाजु सितारामले टोक्नुका साथै जोगाउन गएका पीडितका छोरा १९ वर्षीय इन्द्रदेव शर्मालाई आरोपित रामदेवले फलामे रडले ०७३ असोज १५ गते कुटपिट गरेको भन्दै पीडित पक्षले असोज १८ गते प्रहरीसमक्ष उजुरी दिएको थियो ।

कुटपिटबाट घाइते बुधनीदेवी र इन्द्रदेवको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पताल र विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भएको थियो । घटनाको अनुसन्धानपश्चात मुद्दा दर्ता गरी तीव्रताका साथ आरोपितहरूको खोजी भइरहेको इन्स्पेक्टर नारायण भट्टराईले जानकारी दिए ।

अन्य

भिडियो