२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा फालेलुङ गाउँपालिका–८ का ४६ वर्षीय पदमसुन्दर केरुङविरुद्ध जिल्ला अदालतले जेठ २९ गते चार वर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश मनोज केसीको इजलासले कसुरदारबाट पीडितलाई ३० हजार रुपियाँ क्षतिपूर्ति भराउन समेत फैसला गरेको अदालतका सूचना अधिकारी याम चौहानले बताए ।
फैसला अनुसार कसुरदारलाई कैद भूक्तान गर्न कारागार चलान गरिएको सूचना अधिकारी चौहानले जानकारी दिए ।
केरूङ ०७५ असोज ७ गतेदेखि पूर्पक्षका लागि कारागारमा रहेका थिए । पीडितलाई भदौ १३ गते बलात्कार प्रयास गरेको भन्दै आरोपितलाई प्रहरीले भदौ १४ गते गिरफ्तार गरेको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १५ गते जिल्ला अस्पतालमा गरिएको थियो । पीडितले सोही दिन आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।