हिलिहाङ गाउँपालिका–४ की १५ वर्षीया शितल योङहाङको हत्या घटनाका मुख्या आरोपित फाल्गुनन्द गाउँपालिका–२ का १९ वर्षीय पदम तामाङलाई प्रहरीले जेठ १९ गते गिरफ्तार गरेको छ ।
मूख्य आरोपितलाई खोजी गर्ने क्रममा घटना भएको तीन हप्तापछि झापाको दमक बजारबाट गिरफ्तार गरिएको र जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको सो कार्यालयका डिएसपी नरेन्द्र कुँवरले बताए ।
घाँटी रेटी हत्या गरिएको अवस्थामा शितलको शव वैशाख ३० गते घर नजिकै फेला परेको थियो । शवको पोष्टमार्टम वैशाख ३० गते जिल्ला अस्पतालमा गरिएको थियो ।
घटनामा सहयोग गरेको भन्दै फाल्गुनन्द गाउँपालिका–२ का १८ वर्षीय भगिरथ बास्तोलालाई प्रहरीले वैशाख ३० गते गिरफ्तार गरेको थियो ।
यसैगरी, मतियारका आरोप लागेका सोही ठाउँका २२ वर्षीय कर्ण तामाङलाई समेत प्रहरीले जेठ ५ गते गिरफ्तार गरेको थियो । घटनाको कारण भने अहिलेसम्म पत्ता लागेको छैन ।