INSEC Online

📅 २०८३ जेष्ठ २१

नाबालक हत्या घटनाका आरोपित गिरफ्तार

२२ महिने सम्बोधन थापाको हत्या गरेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका–९ पानीट्याङ्कीकी २५ वर्षीय आमा सम्झना थापालाई जेठ १४ गते गिरफ्तार गरेको छ ।

मानसिक सन्तुलन ठिक नभएकी आरोपितले जेठ १४ गते धारिलो हत्या प्रहार गरी बालकको हत्या गरेको आरोपमा अनुसन्धानका लागि घटना भएकै दिन आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी केशवकुमार थेवेले बताए । शवको पोष्टमार्टम जिल्ला अस्पतालमा गरिने तयारी भएको डिएसपी थेवेले बताए ।

अन्य

भिडियो