डुङ्गेश्वर गाउँपालिका–६ पाउँकोटाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीय प्रेमबहादुर बुचामगरलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले विद्यालय पोशाक र शैक्षिक सामग्री दिएको छ ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय पाउँकोटका प्रधानाध्यापक मनबहादुर गौतम, शिक्षक अभिभावक सङ्घका सदस्य चन्द्रा बिक र सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक निरकप्रसाद भट्टराईले जेठ १० गते उक्त सामग्री हस्तान्तरण गरे ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार, इन्सेकको इएलपी परियोजनाका सहजकर्ता उदय थापाको समेत सहभागिता थियो ।
विद्यालय पोशाकका लागि सर्ट–पाइण्ट, कपी, डटपेन र झोला दिइएको इन्सेकले जनाएको छ । सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक निरकप्रसाद भट्टराईको सिफारिसमा दायाँ हात र गोडाको अपाङ्गता भोग्दै आएका १२ वर्षीय प्रेमबहादुर बुचामगरलाई विद्यालयको औपचारिक शिक्षा निरन्तरताको निम्ति यो सहयोग गरिएको इन्सेकले जनाएको छ ।
