INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला

६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कुम्मायक गाउँपालिका–२ का २१ वर्षीय आतारे भन्ने एकल लावतीविरूद्ध जिल्ला अदालतले जेठ २ गते १८ वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश मनोज केसीको इजलासले सो फैसला गरेको हो । फैसलामा कसुरदारबाट पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन भनिएको छ । आरोपित ०७५ माघ २० गतेदेखि पुर्पक्षका लागि कारागारमा रहेका थिए ।

पीडित बालिकालाई माघ ११ गते लावतीले बलात्कार गरेको भन्दै माघ १२ गते पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा गरिएको थियो । पीडित पक्षको उजुरीका आधारमा लावतीलाई माघ १२ गते नै प्रहरीले गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो