INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

हिलिहाङ गाउँपालिका–४ की १५ वर्षीया शितल योङहाङको हत्या गरेको आरोपमा प्रहरीले फाल्गुनन्द गाउँपालिका–२ का १९ वर्षीय भगिरथ बाँस्तोलालाई वैशाख ३० गते गिरफ्तार गरेको छ ।

सोही घटनाका अर्का एक जना आरोपितको विवरण गोप्य राखी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अनिलकुमार पौडेलले बताए ।

वैशाख २९ गते बाटो नजिकै घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पीडितका आफन्तले वैशाख ३० गते आरोपितद्वय विरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

घटनाको सूचना पाउनसाथ अनुसन्धान थालिएको र सो क्रममा आरोपितलाई फिदिम बजारवाट गिरफ्तार गरिएको इन्स्पेक्टर पौडेलले बताए । शवको पोष्टमार्टम जिल्ला अस्पतालमा वैशाख ३० गते गरी शव परिवारलाई जिम्मा लगाइएको छ ।

अन्य

भिडियो