INSEC Online

📅 २०८३ जेष्ठ २१

थुनामा आत्महत्याको प्रयास गरेका कैदीको उपचारको क्रममा मृत्यु

चोरीको अभियोगमा इलाका प्रहरी कार्यालय रत्ननगरको थुनामा रहेका कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समीर घिसिङले वैशाख २६ गते थुनामै आत्महत्याको प्रयास गर्दा उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा पुर्‍याइएका घिसिङको उपचमरकै क्रममा २७ गते राति मृत्यु भएको छ ।

चोरीको अभियोगमा वैशाख २५ गते गिरफ्तारीमा परेका घिसिङले २६ गते दिउँसो थुनुवा कक्षमा रहेको शौचालयमा नै आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशिल सिंह राठौरले बताए ।

प्रहरीको कमजोरीका कारण यस्तो अप्रीय घटना भएको मृतकका आफन्तको आरोप छ । शवको पोष्टमार्टम वैशाख २८ गते भरतपुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो