ललितपुर महानगरपालिका–२६, ढोलाहिटीकी २५ वर्षीया अञ्जना लामा महतलाई हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय जेठाजु उज्जव महतलाई वैशाख २६ गते गिरफ्तार गरेको छ ।
वैशाख २६ गते दिउँसो करिब २ बजे घरमा बसिरहेकी अञ्जनालाई हत्या गरेको देखेपछि छिमेकीहरूले प्रहरीलाई फोन गरी बोलाएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नारायण चिमोरियाले बताए ।
शवको पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुले जानकारी दिए ।