INSEC Online

📅 २०८३ जेष्ठ २१

परिवारका सदस्य मिलेर हत्या गरेको आरोप, आरोपितविरूद्ध प्रहरीमा उजुरी

सिरहा नपा–१४ की २० वर्षीया मनिषाकुमारी मण्डलको हत्या गरेको आरोपमा २२ वर्षीय पति रामरेस मण्डल, ४५ वर्षीया सासू तारादेवी मण्डल, ६५ वर्षीय हजुरबुवा ससुरा जगदेश मण्डल र १७ वर्षीया बालिकाविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा वैशाख २० गते उजुरी दिएको छ ।

आरोपितहरूले दाइजोमा भने बमोजिम सुन नल्याएको र अन्य घरायसी विवादका कारण वैशाख १९ गते राति छोरीको मुख थुनी हत्या गरेको मृतकका बाबु रघुनाथ मण्डलले बताए ।

मण्डलका अनुसार घटना घटेको राति ११ बजेतिर ज्वाँइको मोबाइलमा फोन गर्दा सम्धिनी तारादेवीले छोरी ज्वाँइ सुतेका छन् भोलि फोन गर्नु भनेको एक घण्टा भित्रै छोरी मरेको खबर पाएकोले आरोपितहरूले पहिलानै छोरीको हत्या गरेको हुनसक्ने भन्दै कारवाहीको लागि उजुरी दिनुपरेको हो । शवको पोष्टमार्टम जिल्ला अस्पताल सिरहामा वैशाख २१ गते बिहान भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जिवनकुमार श्रेष्ठका अनुसार घटना अनुसन्धानको लागि मृतकका सासू र पतिलाई वैशाख २० गते गिरफ्तार गरिएको छ ।

अन्य

भिडियो