INSEC Online

📅 २०८३ जेष्ठ २१

ढुङ्गा प्रहार गरी एक महिलाको हत्या, पतिसहित दुई जना गिरफ्तार

वाणगङ्गा नपा–८ बालापुरकी २० वर्षीया सुनिता थारुलाई वैशाख १५ गते राति ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले अनुसान्धानका लागि मृतकका २१ वर्षीय पति सुरेश थारु र उनका साथी २२ वर्षीय नविन थारुलाई प्रहरीले वैशाख १६ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
मृतकको वाणगङ्गा नदीस्थित मधौलीया जाने पानीको कुलोको मुहान नजिक ढुङ्गाले किचेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय पिपराका इन्स्पेक्टर चन्द्रबहादुर केसीले बताए  ।
शवको पोष्टमार्टम जिल्ला अस्पताल तौलिहवामा वैशाख १६ गते गरिएको प्रहरीले जनाएका छ । घटनाका बारेमा कसैले उजुरी दिएको छैन ।

अन्य

भिडियो