INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सो–बोक्सीको आरोपमा दम्पित्तलाई कुटपिट, आरोपित चार जना गिरफ्तार

सुन्दरहरैँचा नगरपालिका–११ का ६० वर्षीय शितल चौधरी र ५० वर्षीया कद्राही चौधरीलाई कथित बोक्सा–बोक्सी भन्दै कुटपिट गरेको आरोपमा र्ने एकै परिवारका चार जनालाई मोरङ प्रहरीले वैशाख ११ गते गिरफ्तार गरेको छ ।

कुटपिटमा संलग्न भएको आरोपमा सोही ठाँउका ६३ वर्षीय टुनका खवास, ३५ वर्षीय श्यामलाल खवास, ३१ वर्षीय रामकुमार खवास र ३० वर्षीया शशिकला खवास रहेको जिल्ला प्रहरी कार्यालयका एसपी मनोज केसीले बताए ।

वैैशाख १० गते रातभर आफ्नै घरमा धाँमी बसेकी शशिकलाले घरका सदस्य बिरामी भइरहने कारण छिमेकमा रहेका चौधरी दम्पती नै कथित बोक्सा–बोक्सी भएको बताएपछि वैशाख ११ गते बिहान १ बजे गएर निदाइरहेका उनीहरूलाई घरबाट बाहिर निकाली निर्घात कुटपिट गरेको एसपी केसीले बताए ।

घरमा सधैँ कोही न कोही बिरामी भइरहने कारण दम्पतीले नै टुनामुना गरेको भन्दै ज्यान मार्ने उद्धेश्यले कुटपिट गरेको देखिएकोले गिरफ्तार गरेर अनुुसन्धान सुरू गरेको एसपी केसीले बताए ।

घाइते पतिको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ भने पत्नीको एउटा हात भाँचिएका कारण दुवै जनाको उपचार विराटनगरस्थित कोशी अञ्चल भइरहेको छ ।

अन्य

भिडियो